१६ मंसिर २०७८, बिहीबार   138 पटक हेरिएको


image

पालिका एक्सप्रेस, लक्ष्मी बैंक लिमिटेडले साधारण सभाको आह्वान गरेको छ । बैंकको मंसिर १४ गते मंगलबार बसेको सञ्चालक समितिको २५० औ बैठकले गरेको  निर्णय अनुसार बैंकको २१ औं साधारण सभा पुस ८ गते काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुने जनाएको छ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर ८ प्रतिशत र नगद लाभांश ३.५ प्रतिशत (कर प्रयोजनका लागि ) गरी गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसकारण ,यस लक्ष्मी बैंकले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सोहि निर्णयानुसार  मंसिर २३ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सो बार्षिक साधारण सभामा भाग लिन तथा प्रस्तावित  लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार