१६ मंसिर २०७८, बिहीबार   152 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न बुक क्लोज मिति तोकेको  छ । बैंकले हकप्रद निष्कासन गर्नेका लागि मंसिर २४ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । बैंकले १:१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा १३ लाख १२ हजार ३ सय ३८ कित्ता शेयरको १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको हकप्रद निष्कासन गर्न गत असार ४ गते नियामक निकाय सेबोनमा निवेदन पेश गरेको थियो । बैंकले माघ १६ गते बार्षिक साधारण सभा गर्न तथा हकप्रद शेयर जारि गर्नको लागि मंसिर २४ गते १ दिनको लागि बुक क्लोज गर्न लागेको हो । 

बोर्डबाट  गत मंसिर ३ गते उक्त हकप्रद शेयर जारि गर्ने अनुमति पाएको थियो । बैंकको उक्त  हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार