१६ मंसिर २०७८, बिहीबार   847 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिभिल  बैंक लिमिटेडले मंसिर २४ गते बाट ऋणपत्र निष्कासन गर्ने भएको छ । यस बैंकले १० वर्ष अवधिको “१०.२५% सिभिल  बैंक डिबेञ्चर, २०८८” को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्रको ३ अर्ब रूपैयाँ बराबरको निष्कासन गर्न लागेको हो ।

बैंकको निष्कासन गरिने कुल ३० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणका लागि १२ लाख कित्ता र  १८ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई कित्ता बिक्री गर्ने भएको छ । 

सर्वसाधारणको लागि छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । ईच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आबेदन दिन सक्ने छन ।

यस बैंकको ऋणपत्रमा आबेदन दिने अन्तिम दिन छिटोमा मङ्सिर २८ गते र ढिलोमा पुष ९ गते रहेको छ। यस बिकास बैंकको ऋणपत्रमा सर्व-साधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्नेछन्।

यस  बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार