१६ मंसिर २०७८, बिहीबार   223 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते आजबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । यस बैंकले ७ वर्ष अवधिको “८.७५% गरिमा डिबेञ्चर, २०८५” को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १० लाख कित्ता ऋणपत्रको १ अर्ब रूपैयाँ बराबरको निष्कासन गर्न लागेको हो ।

बैंकको निष्कासन गरिने कुल १० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणका लागि ४ लाख कित्ता र  ६ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई कित्ता बिक्री गर्ने भएको छ ।

ईच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता सम्म आबेदन दिन सक्ने छन ।यस बैंकको ऋणपत्रमा आबेदन दिने अन्तिम दिन छिटोमा मङ्सिर २० गते र ढिलोमा पुष १ गते रहेको छ।

यस बिकास बैंकको ऋणपत्रमा सर्व-साधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्नेछन्





सम्बन्धित समाचार