PalikaExpress
१५ मंसिर २०७८, बुधबार
259 पटक हेरिएको

पालिका एक्सप्रेस, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज मङ्सिर १५ गते अन्तिम दिन रहेको छ ।
यस लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बिहीवार मङ्सिर १६ गते १ दिन बुक क्लोज गरे सँगै आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले उक्त साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्ने छन् ।
कम्पनीले गत आ.व.को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर ४७.५ प्रतिशत र नगद लाभांश २.५ प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले मङ्सिर २२ गते साधारण सभा गर्ने भएको छ । लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारण सभा हिमालय दृश्य रिर्सोट धुलिखेलमा बिहान १०:३० बजे शुरु हुने जनाएको छ ।