१५ मंसिर २०७८, बुधबार   268 पटक हेरिएको


image

पालिका एक्सप्रेस,स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्त संस्थाको मङ्सिर १३ गते बसेको सञ्चालक समितिको ३७७ औ बैठकले गरेको निर्णय अनुसार संस्थाको २० औ वार्षिक साधारण सभा पुष १५ गते काठमाण्डौंमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ । 

सभामा संस्थाको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १९ प्रतिशत र नगद लाभांश ६ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।





सम्बन्धित समाचार