PalikaExpress
१५ मंसिर २०७८, बुधबार
302 पटक हेरिएको

पालिका एक्सप्रेस, समिट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । यस लघुवित संस्थाको मङ्सिर १२ गते बसेको संचालक समितिको १७ औ बैठकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई बोनस शेयर २५.२८५३१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सजिलो लघुवित्तसँग मर्जर सम्पन्न गरि भर्खरै एकिकृत कारोबार थालेकोले कम्पनीले वितरण गर्ने बोनशमा कर नलाग्ने कम्पनीले जनाएको छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि बार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने भएको छ।

हाल ३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनश वितरण पश्चात चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ।