१५ मंसिर २०७८, बुधबार   373 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको ४२८ औ बैठकले गरेको निर्णय अनुसार बैंकको २६ औ वार्षिक साधारण सभा पुष २२ गते हुने भएको छ । 

सभामा बैंकको कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १२.५ प्रतिशत र नगद लाभांश ३.३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन ,वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ।

साथै सोहि सभामा आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिनेछ ।





सम्बन्धित समाचार