१४ मंसिर २०७८, मंगलवार   100 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

लघुवित्त  संस्थाको बोनस शेयर  २८ प्रतिशत पछि नेप्सेले प्रतिकित्ता १६९९.३० रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।  

नेप्सेले सोमबार मङ्सिर १३ को अन्तिम कारोबार मूल्य २१७५.१० रुपैयाँका आधारमा मूल्य समायोजन गरि १६९९.३० रुपैया कायम गरेको हो ।

यस लघुवित्त संस्थाले बार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंसिर १३ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सो सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार