PalikaExpress
१४ मंसिर २०७८, मंगलवार
554 पटक हेरिएको

पालिका एक्सप्रेस, सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर जारि गर्ने भएको छ। हाइड्रोपावर कम्पनीले शेयर (आईपीओ) निष्काशनको लागि अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निबेदन पेश गरेको छ ।
हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै कार्तिक २९ गते बोर्डमा आवेदन पेश गरेको हो ।

कम्पनीले २० लाख कित्ताको रुपैया १०० अंकित शेयरको २० करोड रुपैया बराबरको शेयर निष्काशन गर्ने भएको छ । यस हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।