
पालिका एक्सप्रेस, मेगा बैंकले वार्षिक साधारण सभाको आहवान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले ११ औ वार्षिक साधारण सभा यही मंसिर २८ गते काठमाण्डौको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११:१५ बजेबाट सुरु हुने जनाएको छ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्ता पुँजीको बोनस शेयर १० प्रतिशत र नगद लाभांश २.०७ प्रतिशत (कर प्रयोजनका लागि सहित) गरी कुल १२.०७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
सोहि सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
गत आर्थिक वर्षको आर्थिक विवरण लगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभामा छलफल गरी पारित गर्ने छन्। यस बैंकले प्रस्तावित लाभांश र बार्षिक साधारण सभा प्रयोजनका लागि यही मंसिर १४ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस अनुसार मंसिर १३ गते आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै सो साधारण सभा र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।