१३ मंसिर २०७८, सोमबार   110 पटक हेरिएको


image

पालिका एक्सप्रेस, ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मङ्सिर १३ गते अन्तिम दिन रहेको छ ।

यस लघुवित्त संस्थाको बार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंसिर १३ गते आज सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनी लगानीकर्ताले मात्र सो बार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्त संस्थाको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ९ औ  वार्षिक साधारण सभा मंसिर २८ गते पोखरा कास्कीमा बिहान १० बजेबाट सुरू हुने भएको छ । 

सभामा संस्थाको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २८ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 





सम्बन्धित समाचार