१२ मंसिर २०७८, आईतवार   684 पटक हेरिएको


image

गतशनिबार, कपन आकाशेधारा, गणेश मन्दिर नजिक शैलुङ महाभारत तरकारी, फलफूलतथा कृषि बजारको ग्रान्ड ओपेनिङ्ग भव्य रुपमा समाप्त भएको छ । उक्त कार्यक्रमको उद्घाटन सम्माननिय श्री पासाङ ढुक्पा शेर्पा ज्यूबाट रिबन कटिंग समारोह गरिभएको हो । कृषिबजारमा छरिएर रहेका तरकारी, तथा फलफूलहरुलाई एउटै छानामुनी बिभिन्न स्टल मार्फत अर्ग्यानिक तरकारी तथा फलफूलहरु सुपथ मूल्यमा उपलब्ध गराइने छ ।

अब सम्पूर्ण उपभोक्ताहरुले रोजीरोजी, ताजा र चाहे जस्तो तरकारी तथा फलफूल खरिद गर्न पाउने छन्।
मुख्यतया बजारको उदेश्य भनेको सम्पूर्ण उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूलहरु उपलब्ध गराउनु हो । यसरी सम्पूर्ण उपभोक्ताहरुको सहजताका लागि संचालनमा ल्याइएको, शैलुङमहाभारत तरकारी, फलफूलतथा कृषिबजार, कपन आकाशेधारा, गणेशमन्दिर नजिक अवस्थित छ ।





सम्बन्धित समाचार