PalikaExpress
१२ मंसिर २०७८, आईतवार
470 पटक हेरिएको

पालिका एक्सप्रेस, प्राइम कमर्सियल बैंकले १४ औं बार्षिक साधारण सभाको आह्वान गरेको छ। सो सभा पुस ६ गते सोमबार बैंकको केन्दीय कार्यालय काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने भएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको बोनस शेयर १६ प्रतिशत र नगद लाभांश ०.६३ प्रतिशत (कर प्रयोजनका लागि )गरी कुल १६.६३ प्रतिशत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
बैंकको बार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर २२ गते १ दिनको लागि बुक क्लोज गर्ने भएको छ। यसकारण मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र बैंकको बार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन।