१२ मंसिर २०७८, आईतवार   160 पटक हेरिएको


image

पालिका एक्सप्रेस, ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज आइतवार मंसिर १२ गते रहेको छ ।बैंकको  मंसिर २ गते बिहीबार बसेको सञ्चालक समितिको ३९५ औ  बैठकले गरेको निर्णय अनुसार बैंकको १५ औ वार्षिक साधारण सभा मंसिर २७ गते सोमबार  काठमाण्डौंमा बिहान १० बजेदेखि सुरू हुने भएको छ ।

सभामा बैंकको असोज २५ गते सोमबार  बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १० प्रतिशत र नगद लाभांश ३.५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसकारण यस बैंकले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले, मंसिर १२ गते आज सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सो बार्षिक साधारण  सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् । 





सम्बन्धित समाचार