१२ मंसिर २०७८, आईतवार   208 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एक्सचेन्जका अनुसार बैंक अफ काठमाडौं, प्राइम लाइफ इन्स्योरेन्स र स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

 बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर १० प्रतिशत पछि नेप्सेले प्रतिकित्ता ३१० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । बिहिबारको अन्तिम कारोबार मूल्य ३४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरी ३१० रुपैया कायम गरेको हो ।

स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस शेयर १० प्रतिशत पछि नेप्सेले प्रतिकित्ता ४८६.४५ रुपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५३५.१० रुपैयाँका आधारमा मूल्य समायोजन  गरी ४८६.४५ रुपैयाँ गरेको हो ।

प्राईम लाईफ इन्स्योरेन्स बोनस शेयर १५ प्रतिशत पछि नेप्सेले प्रतिकित्ता ७५६.५२ रुपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । बिहिबारको अन्तिम कारोबार मूल्य ८७० रुपैयाँका आधारमा मूल्य समायोजन गरी ७५६.५२ रुपैया गरेको हो ।





सम्बन्धित समाचार