
पालिका एक्सप्रेस, ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार मंसिर १२ गते रहेको छ ।
बैंकको मंसिर २ गते बिहीबार बसेको सञ्चालक समितिको ३९५ औ बैठकले गरेको निर्णय अनुसार बैंकको १५ औ वार्षिक साधारण सभा मंसिर २७ गते सोमबार काठमाण्डौंमा बिहान १० बजेदेखि सुरू हुने भएको छ ।
सभामा बैंकको असोज २५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १० प्रतिशत र नगद लाभांश ३.५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसकारण यस बैंकले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सो बार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।