११ मंसिर २०७८, शनिबार   101 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीको बार्षिक साधारण सभा काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

साधारण सभाले सञ्चालक समितिले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको बोनस शेयर ५.५० प्रतिशत र नगद लाभांश ०.२९ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ५.७९ प्रतिशत  वितरणको प्रस्ताव पारित गरेको छ । 

साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवम् स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । 





सम्बन्धित समाचार