PalikaExpress
११ मंसिर २०७८, शनिबार
202 पटक हेरिएको

पालिका एक्सप्रेस, सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले साधारण शेयर जारि गर्नको लागि रेटिङ सम्पन्न गरेको छ ।कम्पनीको साधारण शेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ ।
यस हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्व-साधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले हालसम्म नियामक निकाय सेबोनमा भने निवेदन पेश गरेको छैन । सेबोनमा निवेदन पेश गरको छैन नियामक निकायबाट स्वीकृत पाएप्राप्त गरे पछि यस हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गरिनेछ ।
कम्पनीले साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।