१० मंसिर २०७८, शुक्रबार   70 पटक हेरिएको


image

पालिका एक्सप्रेस, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । यस लघुवित्त संस्थाको यहि मंसिर ९ गते बसेको सञ्चालक समितिको २८१ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २९.५ प्रतिशत र नगद लाभांश १.५५२६ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार