PalikaExpress
१० मंसिर २०७८, शुक्रबार
323 पटक हेरिएको

पालिका एक्सप्रेस, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५ औ वार्षिक साधारण सभाको आह्वान गरेको छ ।
हाइड्रोपावर कम्पनीको बार्षिक साधारण सभा आउदो पुस २ गते कम्पनीको कार्यालय काठमाडौंमा बिहान ११ बजेबाट भौतिक तथा भर्चुअल माध्यमबाट शुरू हुने जनाएको छ ।
यसै सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन,लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण माथि छलफल गरी पारित गरीनेछ ।

त्यस्तैगरी, सोहि सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति तथा लेखापरीक्षकको पारिश्रमिक तोक्नेछ । साथै सभाले कम्पनीले निष्काशन गर्न लागेको आईपिओ (IPO) सम्बन्धी आवश्यक निर्णय समेत गर्ने रहेको छ ।