PalikaExpress
९ मंसिर २०७८, बिहीबार
257 पटक हेरिएको

पालिका एक्सप्रेस, ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको आज मंसिर ९ गते बिहीबार बसेको सञ्चालक समितिको ४०६ औ बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ११ प्रतिशत र नगद लाभांश ४.५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछिवितरण गरिनेछ ।