९ मंसिर २०७८, बिहीबार   118 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । यस बैंकको यहि मंसिर ८ गते बसेको सञ्चालक समितिको ३३५ औ बैठकले गरेको निर्णय अनुसार बैंकको २७ औ  वार्षिक साधारण सभा पुष १ गते एभरेष्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालय काठमाण्डौंमा बिहान ११:३० बजे बाट भर्चुअल माध्यमबाट सुरू हुने भएको छ । 

सभामा बैंकको गत कार्तिक १२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर ६ प्रतिशत र नगद लाभांश ४.३२ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते १ दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सो बार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । 





सम्बन्धित समाचार