९ मंसिर २०७८, बिहीबार   82 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले बोनस शेयर २० प्रतिशतको अघिल्लो कारोबार अन्तिम दिनको शेयरमूल्य रू. १,४४० को आधारमा रू.१,२०० शेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश तथा बार्षिक साधारण सभाको लागि मङ्सिर ९ गते आज बिहीवार बुक क्लोज गरे सँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

यस वित्तीय कम्पनीले  गत आ.व.को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि)गरी कुल २१.०५ प्रतिशत  वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २४ गते बिहान ११:३० बजेबाट  नुवाकोटमा बार्षिक साधारण सभा आयोजना गरेको छ ।





सम्बन्धित समाचार