PalikaExpress
९ मंसिर २०७८, बिहीबार
419 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३३१.४८ तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ३५८ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

बैंकले आ.व २०७७/०७८ को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर ८ प्रतिशत र नगद लाभांश ०.४२ प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल ८.४२ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस बैंकले आगामी मंसिर २९ गते बार्षिक साधारण सभाको आहवान गरेको छ । सो सभा काठमाडौंमा बिहान ९ बजे बाट शुरु हुने जनाएको छ ।