८ मंसिर २०७८, बुधबार   63 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सामलिङ्ग पावर कम्पनीको  साधारण शेयर नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको छ । पावर कम्पनीको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकरण भएको हो ।

कम्पनीले सर्वसाधारणहरुमा वितरण गरेको ७ लाख ३० हजार कित्ता आयोजना प्रभावित बासिन्दाहरुका लागि निष्काशन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि न्युनतम ९८.७७ रुपैयाँ देखि २९६.३१ रुपैयाँ सम्म शुरु कारोबार मुल्य ( ओपनिङ्ग रेन्ज ) तोकिएको छ ।

अब यस पावर कम्पनीको साधारण शेयर मङ्सिर ९  गते बिहीबार देखि कारोबारमा आउनेछ ।नेप्सेले कम्पनीको शेयरलाई SPC कारोबार संकेत प्रदान गरेको छ ।





सम्बन्धित समाचार