PalikaExpress
८ मंसिर २०७८, बुधबार
282 पटक हेरिएको

पालिका एक्सप्रेस, बैंक अफ काठमाण्डू (BOKL) लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार मंसिर ९ गते रहेको छ ।
यस बैंकले बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गर्ने भए भएको छ ।त्यसकारण मंसिर ९ गते बिहीवार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले उक्त साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन ।
बैंकले गत आ.व.को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर १० प्रतिशत र नगद लाभांश ४ प्रतिशत (कर प्रयोजनका लागि समेत ) गरी कुल १४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि बैंकले आगामी मंसिर २९ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बार्षिक साधारण सभाको आहवान गरेको छ ।