८ मंसिर २०७८, बुधबार   1056 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते बाट ऋणपत्र निष्कासन गर्ने भएको छ । यस बैंकले ७ वर्ष अवधिको “८.७५% गरिमा डिबेञ्चर, २०८५” को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १० लाख कित्ता ऋणपत्रको १ अर्ब रूपैयाँ बराबरको निष्कासन गर्न लागेको हो ।

बैंकको निष्कासन गरिने कुल १० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणका लागि ४ लाख कित्ता र  ६ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई कित्ता बिक्री गर्ने भएको छ । 

सर्वसाधारणको लागि छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।





सम्बन्धित समाचार