७ मंसिर २०७८, मंगलवार   452 पटक हेरिएको


image

विगत केहि वर्षदेखि निःशुल्क स्वास्थ्यशिविर आयोजनागर्दै आएको “टिम नेपो“ले यस वर्षपनि, नोभेम्बर २० मा फरक क्षमताभएका व्यक्तिहरुकालागि, नवज्योतिप्राइमरी विद्यालयपाँगा, किर्तिपुर, काठमाण्डौंमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्तशिविर मार्फत २९ जना व्यक्तिहरुलाई स्वास्थ्य सेवाप्रदान गर्नुका साथै, जेष्ठ नागरिकहरुलाई पनि सेवा उपलब्ध गराएको थियो ।
शिविरमा चिकित्सकहरुले समस्या अनुसारको औषधीमात्र नतोकेर, उनीहरुलाई सल्लाह र स्वच्छता÷स्वास्थ्य सम्बन्धित सामग्री जस्तैं साबुन, मास्क, इम्युनिटीटि पनि प्रदान गरेका थिए ।


राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपालका अध्यक्ष महेन्द्र थापाले आफ्नो प्रारम्भिक मन्तव्य राख्दै फरक क्षमता भएका व्यक्तिहरुको लागि आवश्यक परेको समयमा यस्तो राम्रो सहयोग गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । डा.आभास आचार्य, अध्यक्षल्ब्ःःक्,आईएमडीएफका बोर्ड सदस्य डा. सुशान्त भण्डारी, एएमडीआरएफका उपाध्यक्ष डा. रोबिन श्रेष्ठ, टिम नेपोका सहसचिव डा. सञ्जु कार्की, डा.प्रदीप अधिकारी, डा.प्रतिमा ढकाल, डा.अजय राजवंशी, डा.कमल विक्रम पौडेल र डा.महेश अर्यालले उद्घाटन समारोह गरेपछि शिविरमा बिरामीको सेवा गरेका थिए । प्रधान परिवार परोपकारको सहयोगमा, राष्ट्रिय अपाङ्ग युवा सञ्जल नेपालको संयोजकत्वमा साथै नेपाल आयुर्वेद मेडिकल स्टुडेन्ट्स सोसाइटी र एकीकृत चिकित्सा विकास प्रतिष्ठानको सहकार्यमा उक्तशिविर सञ्चालन भएको हो ।





सम्बन्धित समाचार