७ मंसिर २०७८, मंगलवार   115 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । यस लघुवित्त संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठक न. २८१ ले गरेको निर्णय अनुसार संस्थाको १५ औँ वार्षिक साधारण सभा पुस १० गते हुने भएको छ ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २१.४८ प्रतिशत र नगद लाभांश  १.१३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २२.६१ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी संस्थाले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते देखि  पुष १० गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण  मंसिर २५ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सो सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 





सम्बन्धित समाचार