PalikaExpress
७ मंसिर २०७८, मंगलवार
302 पटक हेरिएको

पालिका एक्सप्रेस, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ।संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो।
संस्थाको प्रस्तावित लाभांश बोनस शेयर ३१.०५ प्रतिशत र नगद लाभांश १.६३ प्रतिशत (कर प्रयोजनका लागि समेत ) गरी कुल ३२.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १७ गते देखि पुस २ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस कारण मंसिर १६ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन्।