
पालिका एक्सप्रेस, सामलिंग पावर कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) मङ्सिर ५ गते आइतवार देखि शेयरधनीको डिम्याट खातामा पठाउन शुरु गरेको छ ।
यस पावर कम्पनीले दोस्रो बजारमा कारोबारको लागि स्टक कोड SPC प्राप्त गरेको छ । कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छैन सुचिकृत गर्ने प्रक्रियामा रहेको छ ।
कम्पनीले गत कात्तिक ४ गते ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । पावर कम्पनीले शेयर सम्बन्धि कार्य गर्न शेयर रजिष्टारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरि सकेको जनाएको छ।
यस पावर कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८.७७ रूपैयाँ देखि अधिकतम २९६.३१ रुपैयाँ सम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । यस सामलिङ्ग पावर कम्पनी लिमिटेडको आ.व. २०७६/०७७ को प्रति शेयर नेटवर्थ ९८.७७ रूपैयाँ रहेको छ ।
सोहि नेटवर्थको ३ गुणाको आधारमा २९६.३१रुपैयाँ हुन्हु सक्ने सम्भावना रहेको छ ।