
पालिका एक्सप्रेस, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाको कार्तिक १२ गते बसेको सञ्चालक समितिको १७३ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर ३२ प्रतिशत वितरण गर्ने घोषणा गरेको थियो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक समक्ष पेश गर्दा ग्राहक संरक्षण कोषमा रकम छुट्याउन नेपाल रास्ट्र बैंकबाट निर्देशन दिएको हुनाले बैंकले लाभांश संशोधन गरेको हो ।
यस उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको मङ्सिर ४ गते बसेको सञ्चालक समितिको १७४ औ बैठकले ३० प्रतिशत बोनस वितरण गर्ने जनाएको छ ।

कम्पनी हालै उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन ।
उक्त प्रस्तावित लाभांश आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।