५ मंसिर २०७८, आईतवार   209 पटक हेरिएको


image

पालिका एक्सप्रेस, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।संस्थाको मंसिर ४ गते शनिबार बसेको सञ्चालक समितिको  ७३ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २७.७० प्रतिशत र नगद लाभांश १.४६  प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार