
पालिका एक्सप्रेस, मुक्तिनाथ विकास बैंक लिमिटेडले १५ औ वार्षिक साधारण सभा आह्वान गरेको छ ।बैंकको मंसिर ३ गते बसेको सञ्चालक समितिको २६१ औ बैठकले गरेको निर्णय अनुसार बैंकको १५ औ वार्षिक साधारण सभा मंसिर २५ गते पोखरामा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सो सभामा बैंकको गत कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १७.५७५ प्रतिशत र नगद लाभांश ०.९२५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १८.५० लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसकारण यस बैंकले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
सोहि कारण मंसिर १४ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।