४ मंसिर २०७८, शनिबार   180 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल बङ्गलादेश बैंकको २७ औं बार्षिक साधारण सभाले १५.५० % लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस नेपाल बङ्गलादेश बैंकका अध्यक्षको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आ.व. २०७७/०७८ को मूनाफा रकमबाट कायम रहेको चूक्ता पूँजीको बोनस शेयर १२ प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत (लाग्ने कर प्रयोजनका लागि) गरी लाभांश वितरण गर्ने स्वीकृति प्रदान गरेको थियो ।

साथै सभाले सर्वसाधारण समूहबाट ३ जना र संस्थापक समूहबाट ३ जना गरेर ६ जना सञ्चालकमा निर्वाचित गरेको छ ।संस्थापक समूहको तर्फबाट ए.आर.एम नजमुस शकिब,एम.शाह आलम सरवर र क्यामरुन नहर अहमद निर्वाचित भएका छन् ।

त्यसैगरी सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा,अमन शाह र योगिता दाहल निर्वाचित भएका छन् । ती ६ जना सञ्चालकको कार्यकाल आगामी ४ वर्षसम्मको रहनेछ । 

साधारण सभामा अनलाइनको माध्यमबाट भर्चुअल रूपमा सम्पन्न गरिएको बैंकले जनाएको छ ।





सम्बन्धित समाचार