४ मंसिर २०७८, शनिबार   241 पटक हेरिएको


image

पालिका एक्सप्रेस, यी तीन लघुवित्त वित्तीय कम्पनीले १६ लाख ७९ हजार २२४ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन ।यि लघुवित्त कम्पनीहरुले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका छन् ।

किसान लघुवित्तले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले एफपीओ निष्कासन गर्नका लागि गत असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले एफपीओ शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने भएको छ । 

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भाद्र ९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले एफपीओ शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी मिर्मिरे लघुवित्तले प्रतिकित्ता रू. १७७.८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत कात्तिक २३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले एफपीओ शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार