PalikaExpress
४ मंसिर २०७८, शनिबार
664 पटक हेरिएको

पालिका एक्सप्रेस,नेपाल स्टक एक्सचेन्जमा शुक्रबार २ कम्पनी ङादी ग्रुप पावर र ग्रिन डेभलपमेन्ट बैंकको साढे १३ लाख कित्ता शेयर सुचिकृत भएको छ।
स्टकका अनुसार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको २० प्रतिशत बोनस बापतको ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो भने , ग्रिन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत बोनस बापतको १ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

ङादी ग्रुपले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई चुक्तापुँजीको बोनस शेयर २० प्रतिशत र नगद लाभांश १.०५ प्रतिशत (कर प्रयोजनका लागि ) गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताब गरेको थियो।
यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/०७७ मा लाभांश ,जसमा बोनस शेयर ३.८ प्रतिशत र नगद लाभांश ०.२ प्रतिशत (कर प्रयोजनक लागि ) गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
