४ मंसिर २०७८, शनिबार   61 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्राइम लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडको १४ औ  वार्षिक साधारण सभा मंसिर १९ गते आइतबार काठमाण्डौंमा दिउँसो २ बजेबाट सुरू हुने भएको छ । 

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको बोनस शेयर १५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

इन्सुरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण मंसिर ९ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।





सम्बन्धित समाचार