४ मंसिर २०७८, शनिबार   1249 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एनएमबी बैंक लिमिटेडले ३५ लाख इकाइ ऋणपत्रको अंकित १००० रुपैया दरको ३.५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। 

नियामक निकाय नेपाल धितोपत्र बोर्डले यही मंसिर ०३ गते  एनएमबी बैंकलाई ‘एनएमबी इनर्जी बन्ड’ निष्कासन गर्ने अनुमति दिएको छ ।

धितोपत्र बोर्डको अनुमति सँगै अब बैंकले १ हजार अंकित दरका कुल ३५ लाख इकाइ ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले कुल इकाइ मध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

एनएमबी बैंकको यो ऋणपत्र १५ वर्षे अवधि वार्षिक ४ प्रतिशत ब्याज पाउने गरी जारी गर्न लागेको छ। यस बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार