३ मंसिर २०७८, शुक्रबार   123 पटक हेरिएको


image

पालिका एक्सप्रेस,स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले ३५ औँ बार्षिक साधारण सभाको मितितय गरेको छ।बैंकले हाल कायम चुक्ता पूँजीको बोनस शेयर १० प्रतिशत र नगद लाभांश ३.०६ प्रतिशत (कर प्रयोजन सहित) गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सो प्रस्ताव पारित  गर्न बैंकले सभा मंसिर २८ गते मंगलबार काठमाडौँमा बिहान १० बजेबाट शुरु हुने जनाएको छ  । बैंकको बार्षिक साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ। बार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक क्लोज गर्ने भएको छ।

यस कारण मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र यस बैंकको बार्षिक साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन्।





सम्बन्धित समाचार