३ मंसिर २०७८, शुक्रबार   92 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको यहि मंसिर १ गते बुधबार बसेको सञ्चालक समितिको  १२३ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर ४० प्रतिशत र नगद लाभांश ५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार