३ मंसिर २०७८, शुक्रबार   106 पटक हेरिएको


image

पालिका एक्सप्रेस, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । यस लघुवित्त संस्थाको मंसिर १ गते बुधबार बसेको सञ्चालक समितिको २६८ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २७ प्रतिशत र नगद  लाभांश ३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार