
पालिका एक्सप्रेस, अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्व-साधारणलाई आईपीओ (साधारण शेयर) निष्कासन गर्ने भएको छ ।
यस हाईड्रोपावर कम्पनीले ८ लाख ७० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।
उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्र बुधवार अपर स्याङ्गे हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
अपर स्याङ्गे हाईड्रोपावर कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका- ४, स्याङ्गेनदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
हाईड्रोपावर कम्पनीको भौतिक निर्माण कार्य अन्तिम चरणमा पुगेको र साधारण शेयर निष्कासनको लागि विद्युत् नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको छ ।