२ मंसिर २०७८, बिहीबार   52 पटक हेरिएको


image

पालिका एक्सप्रेस, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज  मङ्सिर २ गते बिहीवार अन्तिम दिन रहेको छ ।

यस कम्पनीको कार्तिक १३ गते संचालक समितिको १८६ औ बैठकले गरेको निर्णयानुसार १२ औ बार्षिक साधारण सभा मङ्सिर १६ गते हुने भएको हो ।

यस लघुवित्त कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते बुक क्लोज गर्ने भएको छ। यस कारण आज मंसिर २ गतेसम्म नेप्से कारोबार भई कायम शेयरधनीले साधारण सभामा भाग लिन र सो प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्त कम्पनीले गत आ.व.को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर १० प्रतिशत र नगद लाभांश ०.५३ प्रतिशत (कर प्रयोजनको लागि ) गरी कुल १०.५३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस प्रस्ताव लाभांश पारितका लागि कम्पनीले आगामी मङ्सिर १६ गते साधारण सभाको आहवान गरेको छ ।





सम्बन्धित समाचार