२ मंसिर २०७८, बिहीबार   75 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको  छ ।

लघुवित्त संस्थाले १०० रुपैयाँ अंकित दरमा ७७.८ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १७७.८ रूपैयाँमा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ पैसा बराबरको ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्न गत कार्तिक २३ गते सेबोनमा  निवेदन दिएको छ।

लघुवित्त संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

लघुवित्त संस्थाको गत चैत्र १८ गते सम्पन्न भएको १० औ  वार्षिक साधारण सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 





सम्बन्धित समाचार