१५ कार्तिक २०७७, शनिबार   373 पटक हेरिएको


image

काठमाण्डौ,१५ कार्तिक २०७७,आयुर्वेदमा गुर्जोलाई(Tinospora Cordifolia )ईम्युनिटी बढाउने औसधीको रुपमा लिईन्छ । यो कोरोनाको महामारीमा बिभिन्न आयुर्वेद डाक्टरहरुले गुर्जो को प्रयोग राम्रो भने पछि पछिल्लो समय बजारमा गुर्जोको माग बढेको छ ।यही कारणले  महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ । तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच-पाँचवटा गुर्जोको बिरूवा रोपिएको हो । कोभिड–१९ को रोकथाम र उपचारका लागि गुर्जो उपयोगी मानिन्छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो । प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिइएको बताए ।गुर्जोको प्रयोगले शान्ति सुरक्षामा अग्रभागमा अहोरात्र खटिने प्रहरीहरुको लागि तथा सम्पूर्ण जनमानसलाई उपयुक्त हुने पनी जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले महाशाखालाई गुर्जोका ती बिरुवा प्रदान गरेको प्रवक्ता यादवले जानकारी दिए ।-रासस/File photo





सम्बन्धित समाचार