३० कार्तिक २०७८, मंगलवार   376 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मेगा बैंक कोष प्रवर्द्धक र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित भाद्र ४ गते देखि १० गतेसम्म विक्री गरेको ‘मेगा म्युचुअल फन्ड–१’ को इकाई  नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । 

स्टकका अनुसार फण्डको १२ करोड ५० लाख इकाई  नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । यस फण्डको दोस्रो बजार कारोबारको लागि  सिम्बोल MMF1​  प्रदान गरिएको छ ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । क्यापिटलले भाद्र २३ गते १२ करोड ५० लाख इकाई बाँडफाँट गरेको थियो ।

इकाई खरीदका लागि माग भन्दा बढी आवेदन पर्न आएकाले योजनाको आकारमा २५ प्रतिशत इकाई अर्थात् २ करोड ५० लाख कित्ता थप गरी थप गरी १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको थियो ।





सम्बन्धित समाचार