३० कार्तिक २०७८, मंगलवार   167 पटक हेरिएको


image

पालिका एक्सप्रेस, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । लघुवित्त संस्थाको यहि कार्तिक २९ गते बसेको सञ्चालक समितिको १३९ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २०.०३१ प्रतिशत र नगद लाभांश १.०५४ प्रतिशत( कर प्रयोजनका लागि )गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार