२७ कार्तिक २०७८, शनिबार   177 पटक हेरिएको


image

पालिका एक्सप्रेस , हिमालयन रिइन्स्योरेन्स लिमिटेड कम्पनीको प्रथम बार्षिक साधारण सभा कार्तिक १२ गते शुक्रवार हुने भनिएको सभा   कार्तिक २६ गते शुक्रबार सम्पन्न भएको छ ।

यसअघि कम्पनीको साधारण सभा कार्तिक १२ गते शुक्रबार गर्ने भनिएकोमा काबु बाहिरको परिस्थितिहरूका कारणले गर्दा स्थगित भएको थियो ।

कम्पनीको भाद्र ३० गते बसेको संचालक समितिको १६ औ बैठकको निर्णयानुसार सभा हुन लागेको हो ।सोही सभामा संचालक समितिबाट आ.ब. २०७७/०७८ को प्रथम बार्षिक प्रतिबेदन ,लेखा परीक्षकको प्रतिबेदन सहितको वासलात ,नाफा नोक्सान हिसाब ,नगद प्रबाह बिबरण ,तथा सम्बंधित अन्य बिबरणहरु उपर छलफल गरी पारित गरेको छ ।

सोही सभाले लेखा परीक्षक नियुक्ति,स्वतन्त्र संचालकको नियुक्ति ,संचालकको पारिश्रमिक ,भत्ता तथा सुबिधा आदिबारे छलफल गरी पारित गरेको छ ।

साथै , सभाले सर्ब-साधारणका लागी साधारण शेयर निष्काशन (IPO)जारी गर्ने सम्बन्धमा छलफल गरी पारित गरेको छ ।





सम्बन्धित समाचार